बारम्बारको दुखाइ? Somatic Symptom Disorder (SSD) को बारेमा जानौ

Somatic Symptom Disorder (SSD) के हो?

SSD भनेको मानसिक रोग हो जसमा व्यक्तिले बारम्बार शारीरिक लक्षणहरू अनुभव गर्छन् — जस्तै टाउको दुखाइ, पेट दुखाइ, थकान, चक्कर — तर रिपोर्टमा केही नदेखिन्छ। यी लक्षणहरू बनावटी होइनन्, वास्तविक हुन्छन्।

Somatic Symptom Disorder मा कस्ता लक्षणहरू देखिन्छन्?

बारम्बार दुखाइ (टाउको, ढाड, छाती, पेट), थकाइ, अशक्तता, श्वास फेर्न गाह्रो, पेट बिग्रनु, अपच, विभिन्न अंगहरूमा असहजता । यी लक्षणहरू महिनौँसम्म रहिरहन्छन् र दैनिक जीवनमा असर पार्छन्।

किन हुन्छ यस्तो समस्या?

  • मानसिक तनाव
  • विगतका आघातहरू
  • चिन्ता र डिप्रेशन
  • शरीर र मस्तिष्कबीचको असन्तुलन: मस्तिष्कले सामान्य संवेदना (sensations) लाई दुखाइको रूपमा अनुभव गर्न थाल्छ।

के यो रोग बनावटी हो वा नाटक हो?

बिलकुल होइन। SSD मा देखिने लक्षणहरू वास्तविक हुन्। यो “attention-seeking” या बनावटी होइन। यो रोगमा मस्तिष्कले कसरी संवेदनालाई प्रक्रिया गर्छ भन्नेमा समस्या हुन्छ।

यो समस्या कसरी पत्ता लगाइन्छ?

  • विस्तृत मेडिकल जाँच
  • मनोचिकित्सकीय मूल्यांकन
  • शारीरिक रोगहरू नभएको प्रमाण
  • लक्षणले दैनिक जीवनमा असर पारेको पुष्टि

कहिले मनोचिकित्सक कहाँ पुग्ने?
यदि दुखाइ वा अन्य शारीरिक समस्या ६ महिना वा बढी समयदेखि छ, रिपोर्टहरू सामान्य छन् र दैनिक जीवन प्रभावित छ भने तुरुन्तै मनोचिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ।

 

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *