एन्जाइटी डिसअर्डर

सामान्यतया कुनै पनि प्रतिकूल घटना वा परिस्थितिका कारण मानिसहरु आत्तिनु वा डराउनु सामान्य होे । तर कतिपय मानिसहरुमा विनाकारण आत्तिने, डराउने ,शंका लाग्ने, छटपटी हुने लगायतका समस्याहरु देखिने गर्छ । सामान्य एन्जाइटी वा छट्पटी प्राय सबैमा हुने गर्दछ तर यो प्रक्रिया नियमित भइरहन्छ र यसले दिनचर्यामा पनि निकै प्रभाव पारिरहन्छ भने यसलाई एन्जाइटी डिसअर्डर भनिन्छ । यस्ता लक्षणहरूले गर्दा मानिसको दिनचर्यामा असर पर्ने गर्दछ र आफनो काममा ध्यान दिन सक्दैनन् । एन्जाइटी डिसअर्डर विभिन्न प्रकारका हुन्छन् ,जर्नरलाइज्ड ,सोसल ,सेपरेसन ,एगोरोफोयिबा, प्यानिक डिसर्अडर,कन्भर्सन डिसअर्डर आदि ।

एन्जाइटीका सामान्य लक्षणहरु के हुन?
अनायसै भय पैदा हुने
धड्कन बढ्ने ,श्वासप्रश्वास छिटो. छिटो हुने
निन्द्रा नलाग्ने लागिहाल्यो पनि बिच बिचमा बिउँझिने फेरी निन्द्रा लाग्न गाह्रो हुने
हात खुट्टा काप्ने, पसिना आउने, टाउको दुख्ने, छटपटी हुने
बेहोस होला जस्तो हुने
आत्तिने साथै,आत्मविश्वास घट्ने
थाक्ने, कमजोर महसुस हुने

एन्जाइटी डिसअर्डरबाट बच्न के गर्ने ?

एन्जाइटी बाट बच्नको लागी अचुक उपाय नभएतापनि केही सावधानीहरु हामीले अपनायौँ भने यसले एन्जाइटी हुने सम्भावनालाई कम गर्छ ।

सन्तुलित भोजन खाने
दैनिक व्यायम गर्ने
जाँडरक्सी चुरोट वा लागु पदार्थको सेवन नगर्ने
ध्यान गर्ने, मेडिटेसन गर्ने
समयमा सुत्ने ,समयमा उठ्ने
कुनै पनि समस्याको पहिचान गर्ने र लक्षण महशुस भए समयमा नै डाक्टरको परामर्श लिने

एन्जाइटी को उपचार के हो ?

मानसिक स्वास्थ विशेषज्ञसँगको नियमित परामर्श र उपचारले यो रोग निको हुन्छ । सामान्य एन्जाइटीका लागि थेरापी वा मनोपरामर्शले नै काम गर्छ भने बिरामीलाई निकै गाह्रो महसुस हुने (जटिल खाले रोग) अवस्थामा औषधी लिनु पर्ने पनि हुन सक्छ । यस्तो समस्यालाई ध्यान नदिनाले गम्भीर समस्या पनि निम्त्याउन सक्छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *